नेपाल आयल निगमले डिजेल तथा पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको छ । नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले आइतबार पठाएको नयाँ मूल्यअनुसार आयल निगमले स्थानीय बजारमा मूल्य समायोजन गरेको हो ।
नयाँ भएकाे मूल्यअनुसार पेट्रोल प्रतिलिटर १०५ रुपैयाँका साथै डिजेल-मटीतेल प्रतिलिटर ८५ रुपैयाँ कायम रहेको निगमले वताएकाे छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ । आइओसीले प्रत्येक १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गरेको र सोहीअनुसार समायोजन गर्ने गरिएको छ । मूल्य समायोजन गरेपछि निगमलाई पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ १० पैसा नाफा र डिजेलमा ९६ पैसा घाटा रहेको निगमले जनाएको छ ।
प्रतिकृया दिनुहॊस