कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या १ करोड ४४ लाख नाघ्यो, ८६ लाख निको भए

काठमाडौं । विश्वभर एकैदिन २ लाख २४ हजार कोरोना संक्रमित थपिएका छन् । कोरोनाका कारण पछिल्लो २४ घन्टामा पाँच हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ ।

सवैभन्दा धेरै संक्रमित अमेरिकामा ६३ हजार २ सय ५९ जना थपिएका छन् । त्यसपछि भारतमा ३७ हजार ४ सय ७ जना थपिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै ब्राजिलमा २६ हजार ४ सय, दक्षिण अफ्रिकामा १३ हजार २ सय र कोलम्बियामा ८ हजार ५ सय ६० जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा सवैभन्दा धेरै ब्राजिलमा ८ सय जनाको मृत्यु भएको छ । अमेरिका र मेक्सीकोमा ७ सय भन्दा धेरै मानिसको ज्यान गएको पुष्टि भएको छ।

विश्वभर हालसम्म १ करोड ४४ लाख भन्दा धेरै मानिस कोरोना संक्रमित भएका छन् । ६ लाख ४ हजार मानिसको मृत्यु भएको छ। ८६ लाख मानिस उपचारपछि निको भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस