कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या १ करोड ४४ लाख नाघ्यो, ८६ लाख निको भए

काठमाडौं । विश्वभर एकैदिन २ लाख २४ हजार कोरोना संक्रमित थपिएका छन् । कोरोनाका कारण पछिल्लो २४ घन्टामा पाँच हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ ।

सवैभन्दा धेरै संक्रमित अमेरिकामा ६३ हजार २ सय ५९ जना थपिएका छन् । त्यसपछि भारतमा ३७ हजार ४ सय ७ जना थपिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै ब्राजिलमा २६ हजार ४ सय, दक्षिण अफ्रिकामा १३ हजार २ सय र कोलम्बियामा ८ हजार ५ सय ६० जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा सवैभन्दा धेरै ब्राजिलमा ८ सय जनाको मृत्यु भएको छ । अमेरिका र मेक्सीकोमा ७ सय भन्दा धेरै मानिसको ज्यान गएको पुष्टि भएको छ।

विश्वभर हालसम्म १ करोड ४४ लाख भन्दा धेरै मानिस कोरोना संक्रमित भएका छन् । ६ लाख ४ हजार मानिसको मृत्यु भएको छ। ८६ लाख मानिस उपचारपछि निको भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री