झापा। झापाको कमल गाउँपालिका-२ मिलन चोकमा भएको सवारी दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
मिलन चोक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १ त ६१९५ नम्बरको ट्याक्टरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १ -०२-०४० प ८२३६ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो ।
ट्याक्टरले ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक मोरङको पथरी शनिश्चरे नगरपालिका-३ का ४१ बर्षीय केदारनाथ दाहाल घाइते भएपछि उपचारको लागि अस्पाल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




