काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ । भारत सर्वाधिक कोरोना संक्रमित भएको विश्वको चौथो मुलुक बनेको छ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसका २७ हजार ७ सय ५५ जना नयाँ संक्रमित थपिएका छन् भने५ सय ४३ जनाको मृत्यु भएको छ ।
यो सगै भारतमा कोरोना संक्रमितको सख्या ८ लाख ५० हजार ३ सय ५८ जना पुगेको छ भने मृत्यु हुनेको सख्या २२ हजार ६ सय ८७ जना पुगेको छ ।
प्रतिकृया दिनुहॊस