पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

यो जेठ १२ पछि दैनिक पुष्टि भएको सबैभन्दा कम सङ्ख्या हो । शुक्रबार ११८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको थियो । गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार ७० जना थपिएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ७ सय १९ पुगेको छ । शनिबार मात्रै कोरोनालाई जितेर ४३१ जना घर फर्किएका छन् । संक्रमितमध्ये हालसम्म ८ हजार ४ सय ४२ जना निको भएर घर फर्किएका छन्  ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

निर्मला पन्त हत्या प्रकरणमा प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको दाबी गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको सोह्रखुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको हो । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार अर्यालले मिडियामा दिएको विवरण सत्यतामा आधारित नभएको र समाजमा गलत सूचना फैलाउने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहॊस