सिद्धार्थ बैंक र आइएमएस सफ्टवेयरबीच बिलिङ तथा भुक्तानी सम्झौता

काठमाडौं । सिदार्थ बैंकले आईएमएस सफट्वेयरसँग बिलिङ तथा भुक्तानी सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र आईएमएस सफट्वेयरका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरे ।

सम्झौता पश्चात् बैंक र आइएमएस सफ्टवेयर विशेष साझेदारीमा प्रवेश गरेका छन् जसको मुख्य उद्देश्य आइएमएसद्वारा विकसित बिलिङ र भुक्तानी प्रणालीको माध्यमबाट बैंकिङ्ग सेवाहरु विशेष छुटमा उपलब्ध गराउनु रहेको छ ।

डिजिटल प्रणालीलाई थप प्राथमिक्ता दिँदै बैंकले आफ्ना ग्राहकका लागि पोइन्ट अफ सेल टर्मिनल र क्युआर कोडको सुविधाको देशभर नै विस्तार गरिरहेको साथै यस सम्झौताले बिलिङ तथा भुक्तानी प्रणाली सरल हुने विश्वास आफुहरुले लिएकाे बैंकले जनाएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री