पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

काठमाडाैं । पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको बेला खड्काको निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधन भएको उल्लेख गरेका छन् ।

खड्का मिर्गौला, छाती तथा नसाको समस्याबाट पीडित थिए । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि फागुन पहिलो साता उनलार्इ नयाँ दिल्ली लगिएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप