सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा दोलखाको मागा देउरालीमा

काठमाडौं । सिटिजन्स बैंकले दुर्गम ठाउँमा सेवा प्रदान गर्ने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवा विस्तार गर्दै आएको छ ।

यसै क्रममा बैंकले दोलखाको मागा देउराली ३ बाघखोरमा असार ३ गतेबाट १०४ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी गोविन्द श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध हुनेछ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा ७ लाखका दरले ४९ लाख, विभिन्न स्थानीय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख तथा विभिन्न संघ संस्थालाई ६ लाख गरी हालसम्म कुल ६१ लाख सहयोग गरेको छ ।

बैंकले लकडाउनको अवधिमा पनि ग्राहकहरुको सुविधाका लागि अत्यावश्यक सेवाहरु नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । साथै यस बैंकको ए।टि।एम कुनै पनि बैंकको एटिएम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन

काठमाडौँ । मर्चेन्ट बैंकर्सको छाता संस्था नेपाल मर्चेन्ट बैंकर्स (एनएमबीए)को नयाँ कार्यसमिति चयन भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after