चर्चित बलिउड कोरियोग्राफर सरोज खानको निधन

काठमाडौँ । बलिवुडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन भएको छ । गएराती १ बजेर ५२ मिनेट जादा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

७२ वर्षीया कोरियोग्राफर खान केहि दिनदेखि स्वास्थ्य बिग्रिएपछि अस्पतालमा भर्ना भएकी थिइन् । उनको हृदयघातबाट निधन भएको बताइएको छ । श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी सरोजको कोरोना परिक्षण समेत गरिएकोमा रिपोर्ट निगेटिभ आएको थियो ।

सरोज खान भारतीय सिनेमा क्षेत्रकी वरिष्ठ कोरियोग्राफर हुन् । उनले २ हजार भन्दा बढी गीतमा नृत्य निर्देशनको काम गरेकी छन् । उनले ३ बर्षको उमेर देखिनै बाल कलाकारको रुपमा काम गर्न शुरु गरेकी थिइन् ।

५० को दशकमा ब्याकराउण्ड डान्सरको रुपमा आफ्नो क्यारियर शुरु गरेकी सरोजले १९७४ मा पहिलो पटक स्वतन्त्र कोरियोग्राफरको रुपमा गीता मेरा नाम फिल्ममा काम गरेकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस