डब्ल्यूएचओको चेतावनी- ‘महामारीको सबैभन्दा खराब रुप देखिनै बाँकी छ’

काठमाडौं । कोरोना महामारीको सबैभन्दा खराब रुप देखिन बाँकी नै रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । महामारी सुरु भएको ६ महिना पुगे पनि अझै खराब अवस्था आउन सक्ने डब्लुएचओले बताएको हो ।

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड नाघेको छ भने महामारीले ६ महिनाभित्र विश्वका पाँच लाखको मानिसको ज्यान लिइसकेको छ । यो महामारीका कारण विश्वव्यापी अर्थ व्यवस्था नराम्रो अवस्थाबाट गुज्रिरहेको छ । तर डब्ल्यूएचओले महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी नै भएको मान्यता राखेको हो ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहम गेब्रियाससले यदि संसारभरीका सरकारले सही नीतिको पालना नगरेको खण्डमा भाइरसले थप व्यक्तिलाई संक्रमित गर्न सक्ने धारणा व्यक्त गरेका छन् । सोमबार एक भचुअल ब्रिफिङमा टेड्रोसले भने, ‘हामी सबै यो चाँडै नै उन्मुलन होस् भन्ने चाहन्छौं । हामी सबै आफ्नो दैनिक काम कारवाहीमा फिर्ता हुन चाहन्छौं तर तितो सत्य यो हो कि हामी अहिले पनि यो महामारी उन्मुलन हुने यात्रामा निकै टाढा छौं ।’

‘यद्यपि, केही देशले प्रगति गरेका छन् तर विश्वव्यापी स्तरमा महामारी फैलने गती तीब्र भइरहेको छ । संसारभरी १ करोड संक्रमित र पाँच लाख व्यक्तिको मृत्युपछि पनि विश्व स्वास्थ्य संगठनले भाइरस फैलन पहिचान गरेका समस्या जस्तै राष्ट्रिय एकतामा कमी, विश्वव्यापी एकजुटतामा कमी, विभाजित देशलगायतलाई सुल्झाउन नसकेको खण्डमा खराब समय त अझै आउनै बाँकी छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपा महामन्त्री मुकुल ढकालको मुखमा कालो टेप, बोल्न पाउने अधिकार हनन

काठमाडौं । बैठकमा महामन्त्री डा. मुकुल ढकालले फरक ढंगले प्रस्तुत भएका छन् । बैठकको प्रत्यक्ष प्रसारण नगरिएको भन्दै उनले मुखमा कालो टेप टाँसेर विरोध गरेका हुन् । ‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु,’ उनले भने ।

प्रतिकृया दिनुहॊस