पेस्तोलले गोली हानी प्रहरी हवल्दारले गरे आत्महत्या

इनरुवा । सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर सोमबार आत्महत्या गरेका छन् । जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला अदालत सुनसरीका ४ नम्बर न्यायाधीश शङ्करबहादुर राईको अङ्गरक्षकका रूपमा कार्यरत खतिवडाले अदालतको छतमा गएर आफूसँग भएको पेस्तोलबाट आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

दाहिने कञ्चटमा गोली हानी गम्भीर घाइते भएका खतिवडालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

घटनाको कारण भने खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस