काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ५ लाख १ हजार ८ सय ७४ जना पुगेको छ भने १ करोड १ लाख ९ हजार ८ सय ९४ जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि ५४ लाख ८२ हजार २ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र इटली छ ।
अमेरिकामा हालसम्म १ लाख २८ हजार १ सय ५२ जनाको, ब्राजिलमा ५७ ह्जार १ सय ३ जना, बेलायतमा ४३ हजार ५ सय १४ जनाको र इटालीमा ३४ हजार ७ सय १६ जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ५ लाख ३० हजार ९ सय९३ जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या १६ हजार १ सय २४ जना पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २८ जना पुगेको छ ।
प्रतिकृया दिनुहॊस