काठमाडौं । नेपाली काँग्रेसका यूवा नेता कमलबहादुर शाहले राष्ट्रियता र नागरिकता किस्ताबन्दि हुन्छ र ? भन्दै प्रतिप्रश्न गर्नु भएको छ ।
सामाजिक सज्याल फेसबुकमा पोष्ट गर्दै उहाँले “अङ्गिकृत नागरिकताको सट्टा स्थाथी बसोबास पत्र, मतदाता नामावली, आधारकार्ड, गाँस, बास, कपासकार्ड जस्तै शब्दको चयन गरी सो बमोजिम बिदेशी मुलको ज्वाँई वा बुहारी लाई उचपदस्त कर्मचारी, राष्ट्रसेवक साथै राजनैतिक नियूक्ति र अधिकार बाहेक तत्कालै सबै अधिकार दिने ब्यवस्था गरौं” विचार राख्नु भएको छ ।
नेपाल तरुण दलका पूर्व कार्यवाहक अध्यक्ष समेत रहेका शाहले विवाह गरी नेपालमा आएका नेपाली वुहारी वा ज्वाँईलाई राजनीतिक तथा महत्वपूर्ण पद वाहेकको अन्य सुविधा दिन सकिने धारणा व्यक्त गरेका छन् ।
तपाईंको प्रतिकृया




