दुर्गा भगवती गाउँपालिकामा एक साता भित्र दरबन्दी अनुसारको कार्यकारी अधिकृत – मन्त्री लालबाबु पण्डित

रौतहट । रौतहट दुर्गाभगवती गाउँपालिकामा दरबन्दि अनुसारको कार्यकारी अधिकृतको व्यवस्था गर्न मन्त्रालय तयार रहेको संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डिले बताउनु भएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

मन्त्री पण्डितले दुर्गा भगवती गाउँपालिकामा शाखा अधिकृतको दरबन्दी भएतापनि नायब सुब्बाले प्रशासनिक कार्य गर्दा कार्य सम्पादन फितलो भएको तथा भ्रष्ट्राचार फस्टाएको जनगुनासो बढेपछि मन्त्रालयले एक साता भित्र अधिकृत स्तरको कर्मचारी पठाउने तयारी गरेको बताउनु भयो ।

मन्त्री पण्डितले आफु कार्यभार सम्हाले देखि सुशासन र पादर्शिता कायम गर्न आफु प्रतिवद्ध रहेको बताउदै दुर्गा भगवती गाउँपालिकाको बारेमा जनगुनासो बढेपछि आफुले तत्काल शाखा अधिकृत पठाउन निर्देशन दिई सकेको बताउनु भयो ।

दुर्गा भगवती गाउँपालिकामा नायब सुब्बा रहेका प्रमोद कुमार ठाकुर कार्यकारी अधिकृत भएदेखि गाउँपालिकामा जनताले सुशासनको अनुभुती प्राप्त गर्न सकेको छैन् ।

ठाकुरले आफनै नाता गोतामा केन्द्रित रहेर काम गर्ने गरेका कारण भ्रष्ट्राचार फस्टाएको स्थानियको आरोप रहेको छ ।

रौतहट संवाददाता ,

जितेन्द्र कुमार दास

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री