कोरोना भाइरस अपडेट : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५६ हजार ९ सय ४९ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ४  लाख ५६ हजार ९ सय ४९ जना पुगेको छ भने ८६ लाख ८ हजार ५  सय ३३ जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि ४५ लाख ५९   हजार ५७  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र इटली छ ।

अमेरिकामा हालसम्म १ लाख २०  हजार ६ सय ८८ जनाको, ब्राजिलमा ४७  हजार ८ सय ६९  जना, बेलायतमा ४२ हजार २ सय ८८  जनाको र इटालीमा ३४ हजार ५ सय १४  जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ३ लाख ८२  हजार १ सय ४३ जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या १२  हजार ६ सय १० जना पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८ हजार   २ सय ७४ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २२ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री