टाटा नेक्सन नाम कन्टेस्टको विजेता घोषित

 

काठमाडौं । टाटा मोटर्स् नेपालले फेसबुक अभियान ‘टाटा नेक्सन नाम कन्टेस्ट’ को विजेता घोषित गरेको छ । फेसबुक अभियानमार्फत पाँच जना विजेताले १ तोला सुन जितेका छन् । फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्स्को पेज लाइक गरी सहभागी भएका प्रतियोगीमध्ये ५ जना विजेताहरू सुरज नेक्सन निरौला, महेश नेक्सन भट्टराई, हरि नेक्सन खड्का, राधाकृष्ण नेक्सन पाठक र सापकोटा नेक्सन सुवोध विजयी भएकाे कम्पनीले वताएकाे छ ।

साे इभेन्टलाई सम्बोधन गर्दै टाटा मोटर्सका जनरल म्यानेजर प्रविन खतिवडाले भने–‘यस क्याम्पेनको आइडिया सिप्रदी मार्केटिङ टिमले सिर्जना गरेको हो र यस प्रकारको क्याम्पेन नेपालमै पहिलोपटक आयोजना भएको हो । जहाँ प्रोडक्टको नामलाई नै आफ्नो बीचको नाम बनाउनुपर्ने थियो । प्रयोगकर्तालाई कसरी योजनामा समावेश गर्न सकिन्छ भन्ने अवधारणामा यो क्याम्पेन लन्च गरिएको हो ।’

टाटा नेक्सनको यस फेसबुक अभियान जनवरी २०१८ देखि शुरु भएर फेब्रुअरी २०१८ मा सम्पन्न भएको थियो ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

लिट्मस इन्डस्ट्रिज र अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानी सम्झौता

काठमाडौं । नेपालमा विद्युतीयतार, केबल तथा कन्डक्टरको उत्पादक लिट्मस इन्डस्ट्रिज र नेपालको पहिलो घरेलु निजी …

प्रतिकृया दिनुहॊस