चिनियाँ सेनासँग भिडन्त हुँदा २० भारतीय सैनिकको मृत्यु

काठमाडौं । भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ ।

चीनको तर्फबाट भारतीय सेनासँग भएको भिडन्तमा आफ्ना कति सैनिकको मृत्यु  भयो कुनै विवरण सार्वजनिक  गरेको  छैन।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकले सीमा नाघेर ‘चिनियाँ सैनिकलाई आक्रमण गरेर दुई पक्षका सीमा सुरक्षा बलबीच गम्भीर शारीरिक सङ्घर्ष भएको’ बताएको समाचारमा जनाइएको छ। भारतीय पक्षले यो घटनामा गोली नचलेको दाबी गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री