काठमाडौं । सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गर्ने भएको छ ।
कोभिड–१९ को सङ्क्रमणका कारण देश भरका सबै विद्यालयहरूको पठन पाठन प्रभावित भएकाले वैकल्पिक शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिने उद्देश्यले शिक्षा मन्त्रालय अन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखाले कक्षा एकदेखि आठ कक्षासम्मको असार १ गते देखि सुरु हुने पढाइ तालिका सार्वजनिक गरेको छ ।
कक्षा १–८ का विषयगत पाठहरू नेपाल टेलिभिजनको NTV+ च्यानलबाट र कक्षा ९ र १० का विषयगत पाठहरू Dish Media Network Ltd. को Dishhome, NITV Streamz Pvt. Ltd. को NET TV र Mega Max TV Pvt Ltd. को Max TV को विद्यालय शिक्षा (School Education) च्यानलबाट प्रसारण हुनेछ ।
त्यसैगरी सबै विद्यार्थीहरूले आफ्नो अनुकूलता अनुसार उक्त च्यानलहरू हेरी लाभ लिन पनि अनुरोध गरेको छ ।
हेर्नुहोस् पढाइ हुने तालिका







