पर्वतको कुश्मामा पहिरो: ३ जनाको मृत्यु ६ वेपत्ता

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका(३ दुर्लुङ काफलचौरमा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ ।

पहिरोमा परी स्थानीय ५२ वर्षीय तुलबहादुर थापा, उनकी ५२ वर्षीया श्रीमती नीलकुमारी थापा र ८ वर्षीया नातिनी बिबिसा थापाको मृत्यु भएको हो । गएराती गएको पहिरोमा परी ६ जना वेपत्ता भएका छन् ।

वेपत्ताको खोजीकार्य भइरहेकोपर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । पहिरोले दुर्लुङको काउलेका दुई वटा घर पनि बगाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री