कुन प्रदेशको मौसम कस्तो रहला ? यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौं । नेपालमा स्थानीय, पश्चिमी वायु तथा पूर्व-पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्‍न चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन चट्याङसहित वर्षाको संभावना रहेको छ ।

हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश २ र सुदुरपश्चिम प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही प्रदेश ५ का भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

जेठ ३० गते (शुक्रबार)
दिउँसोः देशभर प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश , गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ ।

रातीः देशभर सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ ।

जेठ ३१ गते (शनिबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ ।

जेठ ३२ गते (आइतबार)
दिउँसोः देशभर सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ ।

रातीः देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ । प्रदेश १ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपदबाट बढी प्रभावित पालिकालाइ संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौं । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढी–पहिरोबाट बढी प्रभावित स्थानीय पालिकाहरूलाई संकटग्रस्त …

प्रतिकृया दिनुहॊस