पत्रकारहरुलाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल  मार्फत स्वास्थ्य तथा सौन्दर्य सामाग्री हस्तान्तरण

काठमाडौ । हरिपृया-प्रकाश फाउन्डेसन मार्फत उपत्यका सहित देशको विभिन्न स्थानमा अग्रपक्त्ति  रहेर पत्रकारिता  गर्ने   पत्रकारहरुलाई सहयोग गर्ने क्रममा बिहीबार कांग्रेसका  वरिष्ठ नेता रामचन्द्र पौडेल मार्फत स्वास्थ्य र सौन्दर्य सामाग्री नेपाल प्रेस युनियनलाई हस्तान्तरण गरियो ।

नेता पौडेलद्वारा कोरोना संक्रमण रोकथाम तथा सिमामा नेपालीमाथीको पिडाबारे आफुले सरकारको घ्यानाकर्षण गराएको बताउदै युवानेता क्षितिज भण्डारी र हरिपृया फाउन्डेसनले नेपालमा  सामाजिक       सेवाको क्षेत्रमा अनुकरणिय काम गरेको बताए।

वरिष्ठ नेता पौडेल द्वारा पिपिई, एम ९५, फेस सिल्ड सहित ५ सयवटा मास्क,सेनेटाईजर, डाबर नेपालको जुस, हिमालयको फेसवास, तेल, सैम्फु सहित सामाग्री नेपाल प्रेस युनियनका उपमहासचिव सलोजा दाहाल, दिपा आले, कल्पना शर्मा र रोजि ढकाललाई हस्तान्तरण गरेका थिए ।

सामाजिक सेवाभावले फाउन्डेसनले नेपालका पत्रकार सहित १० हजार नागरिक, अनाथ बालवबालिका लाई लाखौंको राहत बितरण गरिएको सामाजिक अभियन्ता क्षितिज भण्डारीले बताए ।

नागरिकमा कोरोनको मनोबैज्ञानिक त्रास हटाई, लक डाउनमा राहत दिन मन र शरीरको सुन्दरतालाई सहित स्वास्थय सामाग्री बितरण गरिएकोप्रति नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सबैलाई धन्यवाद दिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

विपदबाट बढी प्रभावित पालिकालाइ संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौं । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढी–पहिरोबाट बढी प्रभावित स्थानीय पालिकाहरूलाई संकटग्रस्त …

प्रतिकृया दिनुहॊस