काठमाडौ । हरिपृया-प्रकाश फाउन्डेसन मार्फत उपत्यका सहित देशको विभिन्न स्थानमा अग्रपक्त्ति रहेर पत्रकारिता गर्ने पत्रकारहरुलाई सहयोग गर्ने क्रममा बिहीबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मार्फत स्वास्थ्य र सौन्दर्य सामाग्री नेपाल प्रेस युनियनलाई हस्तान्तरण गरियो ।
नेता पौडेलद्वारा कोरोना संक्रमण रोकथाम तथा सिमामा नेपालीमाथीको पिडाबारे आफुले सरकारको घ्यानाकर्षण गराएको बताउदै युवानेता क्षितिज भण्डारी र हरिपृया फाउन्डेसनले नेपालमा सामाजिक सेवाको क्षेत्रमा अनुकरणिय काम गरेको बताए।
वरिष्ठ नेता पौडेल द्वारा पिपिई, एम ९५, फेस सिल्ड सहित ५ सयवटा मास्क,सेनेटाईजर, डाबर नेपालको जुस, हिमालयको फेसवास, तेल, सैम्फु सहित सामाग्री नेपाल प्रेस युनियनका उपमहासचिव सलोजा दाहाल, दिपा आले, कल्पना शर्मा र रोजि ढकाललाई हस्तान्तरण गरेका थिए ।
सामाजिक सेवाभावले फाउन्डेसनले नेपालका पत्रकार सहित १० हजार नागरिक, अनाथ बालवबालिका लाई लाखौंको राहत बितरण गरिएको सामाजिक अभियन्ता क्षितिज भण्डारीले बताए ।
नागरिकमा कोरोनको मनोबैज्ञानिक त्रास हटाई, लक डाउनमा राहत दिन मन र शरीरको सुन्दरतालाई सहित स्वास्थय सामाग्री बितरण गरिएकोप्रति नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सबैलाई धन्यवाद दिए ।
प्रतिकृया दिनुहॊस