काठमाडौं । भक्तपुर अस्पतालमा आइतबार राति मृत्यु भएकी सुत्केरी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका ३ घर भइ हाल भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलमा बस्दै आएका ती महिला आइतबार साँझ सुत्केरी गराउन भक्तपुर अस्पताल पुगेकी थिइन् । सुत्केरी भएको केही समयपछि नै उनको मृत्यु भएको थियो ।
मृत्युपछि कोरोना भाइरसको गरिएको आरडीटी परीक्षणमा पोजिटिभ आएपछि भक्तपुर अस्पतालको सम्पूर्ण सेवा बन्द गरिएको थियो ।
तपाईंको प्रतिकृया




