काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ९ हजार ८ सय ८९ जना नयाँ संक्रमित थपिएका छन् भने २ सय ७५ जनाको मृत्यु भएको छ ।
यो सगै भारतमा कोरोना संक्रमितको सख्या २ लाख २७ हजार २९ जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या ६ हजार ३ सय ६३ जना पुगेको छ ।
तपाईंको प्रतिकृया




