काठमाडौं । विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेर घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका ती युवामा कोरोना पुष्टि भएको हो ।
पञ्चपुरी नगरपालिका-१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करिब २ बजे मृत्यु भएको थियो । बिहीबार दिउँसो नै गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो ।
अहिले स्थानीय तहसँग मिलेर स्वास्थ्यकर्मीले मृतक युवाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन सुरु गरेको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए । शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली हिँडेको छ ।
तपाईंको प्रतिकृया




