लकडाउन उल्लङ्घन गर्ने ४४९ वटा सवारी साधनहरु नियन्त्रणमा

काठमाडौं ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही जारी राखेको छ ।

आज बुधबार १० बजेसम्म  महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ४४९ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।
महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ३९९  दुई पांग्रे र ५० चार पांग्रे रहेका छन् ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री