काठमाडौं। बर्दियाको गुलरिया नगरपालिकास्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ।
गुलरिया नगरपालिका -९ घर भएका ५५ वर्षीय पुरुष सूदुरपश्चिम प्रदेशको अछामबाट फर्किएपछि मंगलबार उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।
बुधबार बिहान उनको क्वारेन्टाइनमै मृत्यु भएको छ । मृत्यु के कारणले भएको हो खुलेको छैन ।
उनको स्वाब परीक्षणका लागि निकालिएकको छ । स्वाब नमूनाको रिपोर्ट आएपछि मात्र मृत्युको एकिन हुनेछ र मात्र मृतकको शवको व्यवस्थापन हुने स्रोतले बताएको छ ।
प्रतिकृया दिनुहॊस