नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुग्यो, एकैदिन ९० जनामा पुष्टि

काठमाडौं । नेपालमा एकैदिन ९० जना कोरोना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२ जनासहित विभिन्न जिल्लाका ९० जना छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ ।

संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एकरएक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री