कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ४८ हजार नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ३ लाख ४८ हजार ३ सय ६४ जना पुगेको छ भने   ५६ लाख ११ हजार ९  सय  ३१ जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि २३ लाख ८८ हजार ३ सय ७५  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,इटली र फ्रान्स छ ।

अमेरिकामा हालसम्म ९९  हजार ८ सय ७  जनाको, बेलायतमा ३६  हजार ९ सय १४   जनाको , इटालीमा ३२ हजार ८ सय ७७ जनाको र फ्रान्समा २८ हजार ४ सय ३२ जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म १ लाख ४६ हजार ४  सय  ४३   जना कोरोना सङ्क्रमित छन् भने ४ हजार १  सय ८७  जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७ सय ७२  पुगेको छन् भने ४ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको  छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप