काठमाडौं । शङ्खरापुर नगरपालिकाका एक १५ वर्षीय बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।
गोथे तामाङका छोरा १५ वर्षीय सुन बहादुरले म छिट्टै स्वर्गमा जाँदैछु मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनु आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन् भन्दै सुसाइड नोट लेखेर आत्महत्या गेरका छन् ।
आफ्नै घरमा आत्महत्या गरेका तामाङको शव सोमबार राति गुपचुपरूपमा जलाउन लाग्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।घटनाको बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




