गुहेस्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडका कर्मचारीबाट अजोड इन्स्योरेन्स लिमिटेड मार्फत बिमालेख खरिद

रुपन्देहीको बुटवलमा क्षेत्रीय कार्यालय रहेको गुहेस्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेड को क्षेत्रीय कार्यालय बुटवल मा कार्यरत सम्पूर्ण कर्मचारी तथा कर्मचारीका परिवारको कोरोना बिमा गराएका छन् मंगलबार कार्यरत कर्मचारीहरुले अजोड इन्स्योरेन्स लिमिटेड मार्फत उक्त बिमालेख खरिद गरेका छन् ।

पछिल्लो समय रुपन्देही जिल्ला अति उच्च जोखिम मा रहेको र कर्मचारी हरु दिनहु जसो कार्यालयमा आएर काम मा खटिनुपर्ने भएकोले बिमालेख खरिद गरिएको क्षेत्रीय प्रबन्धक बरुण पौडेलले बताए । संक्रमण दिनप्रति दिन फैलदो अवस्थामा रहेको र कर्मचारीहरु कार्यालय आउने जाने क्रममा संक्रमण को जोखिम धेरै रहेकोले संक्रमण भएर कार्यालय आउन नसक्ने र आइसोलेसन मा बस्ने अवस्था आएमा बिमा वाफतको रकमले अहिलेको अवस्थामा ठुलो राहत पुग्ने बुटवल साखा प्रमुख अमृत रानाले जानकारी दिए । देश कोरोना संक्रमण बढी रहेको अवस्थामा काममा खटिने कर्मचारी र परिवारको बिमा अत्याबस्यक जस्तै रहेको र सम्पूर्ण ले सानो रकममा यो बिमालेख खरिद गर्न सकिने हुनाले सबैले समयमै कोरोना बिमा गराउनु पर्ने अजोड इन्स्योरेन्स भैरहवा शाखा प्रमुख प्रकाश शर्मा न्यूजदैनिकलाइ बताए ।

पिसिआर पद्दती मार्फत कुनैपनि कर्मचारीमा वा परिवारका सदस्यमा कोरोना संक्रमण पोजेटिभ देखिएमा अजोड इन्स्योरेन्सले प्रक्रिया पुराएर सोहि अनुसारको भुक्तानी सहज रुपमा उपलब्ध गराउने अजोड इन्स्योरेन्स लिमिटेड भैरहवा साखा प्रमुख शर्माले न्यूदैनिक दैनिकलाइ जानकारी दिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस