काठमाडौं । ग्लोबल आईएमई बैंकले ट्राफिक प्रहरीलाई ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । बैंकले काठमाडौं उपत्यका भित्रका सडकहरूमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरू हस्तान्तरण गरेको हो ।
बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाप्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई उक्त ट्राफिक पोल हस्तान्तरण गरेका हुन् ।
तपाईंको प्रतिकृया




