कालिमाटी तरकारी बजारमा कोरोना परीक्षण हुँदै

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कोरोना संक्रमण परीक्षण हुँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहकार्यमा परीक्षण हुन लागेको हो ।

बजार क्षेत्र भित्र प्रत्यक्ष रूपमा कृषि वस्तुको खरिद बिक्री कार्यमा संलग्न हुने व्यवसायी, ढुवानीमा संलग्न व्यक्ति, भरिया तथा मजदुर, सरसफाई मजदुर, सुरक्षाकर्मी तथा कर्मचारीको आरडिटी र पिसिआर परीक्षण हुने भएको बजार समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार विहान ११ बजेदेखि परीक्षण सुरू हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप