भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ३ हजार ६ सय ७  जना नयाँ संक्रमित थपिएका छन् भने ८२ जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ७० हजार ८   सय २७ जना पुगेको छ भने मृत्यु हुनेको सख्या २ हजार २ सय ९४  जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप