काठमाडौं । आइएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफकमर्शका उपाध्यक्ष दिपक मल्होत्राले नेपाल चिकित्सक संघलाई पाँच हजार मास्क हस्तान्तरण गरेका छन ।
मल्होत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलाई सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् ।
मलहोत्राले आफ्नो कम्पनीबाट उत्पादित मास्क बिभिन्न अस्पताल, सुरक्षानिकाय,सामाजिक कार्यकर्ता र पत्रकारहरुलाई निशुल्कवितरण गर्दै आईरहेका छन ।
कोरोनाभाईरसको महामारीमा पनि आफ्नो ज्यान जोखिममा राखेर चिकित्सकहरु बिरामीको उपचार गरिरहेका चिकित्सक साथीहरुलाई संघमै आएर मास्क वितरण गर्न पाएकोमा मल्होत्राले खुशी व्यक् गरे ।
उनले भोलिका दिनमा पनि चिकित्सक संघसँग सहकार्य गरेर अगाडी बढने जनाउदै अहिलेको महामारीमा संघलाई अन्यथप सहयोग पनि गर्ने प्रतिबद्दता व्यक्त गरे ।
कोरोनाभाइरस कोभिड–१९ फैलिन सक्ने त्रासकाबीच मास्क अभाव भईरहेका बेला मलहोत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेर देशको लागी धेरै राम्रो काम र ठुलो सहयोग गर्नुभएको उक्त मास्क हस्तान्तरण कार्यक्रममा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए ।
मनका धनी मलहोत्राले अहिले ब्याबसाय गर्न भन्दा पनि सामाजिक कामका लागि मास्क कम्पनी सन्चालनमा ल्याएको बताए ।
उनले आफ्नो कम्पनीले दिनमा करिब ७० हजार मास्क उत्पादन गर्ने र शुरुका दिनमा उत्पादित मास्क सबै हस्पिटल लगाएतका क्षेत्रमा वितरण गरिदै आएको बताए ।
उनले अबको केहि दिनबाट मास्कको सर्टेज नहुने समेत दाबि गरे । आफूहरुले उत्पादन गरेको सर्जिकल मास्क बजारमा समेत उपलब्ध रहेको उनले बताए ।
आफूहरुले मास्क उत्पादन सुरु गरेपछि बजारमा मास्कमा भैरहेको कालो बजारी पनि अन्त्य भएको उनले बताए । बजारमा छ्यापछ्याप्ती मास्क उपलब्ध हुदैछ अब मास्क नपाएर आत्तिनु पर्दैन मलहोत्राले भने ।
उक्त मास्क न्युनमूल्यमा पाइने समेत मलहोत्राले बताए ।यस्तो बेलाजनता र सरकारलाई सहयोग गर्न पनिनाफानखाने उनले बताए ।
चेम्बरले केही समयअघि कोरोनाभाइरस नियन्त्रण सम्बन्धी बनाएको सहजीकरण समितिको संयोजकसमेत रहेका मलहोत्रा अहिलेको लकडाउनको समयमा पनि दैनिक मास्क वितरण गर्नमै व्यस्त रहेका छन ।
मल्होत्राले अहिलेको महामारीमा घरमै बसी सरकारले लागु गरेको लकडाउन पालना गरिदिन समेत सबैलाई आग्रहगर्दै आफु सुरक्षितहुदैँ समाजलाई समेत कोरोनाबाट सुरक्षित राख्न अनुरोध समेत गरे ।




