कपिलवस्तुका कोरोना संक्रमित युवालाई बुटवल ल्याइयो

काठमाडौं । बिहिबार कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका दुई संक्रमित युवालाई थप उपचारका लागि बुटवल ल्याइएको छ । जिल्लाको मायादेवी गाउँपालिका–२, अभिरावका संक्रमितलाई उपचारका लागि आज बिहानै बुटवल ल्याइएको हो ।

उनीहरुलाई बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा पठाइएको मायादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादवले जानकारी दिए । संक्रमण देखिएका १६ र २२ वर्षे युवा एकै परिवारका हुन् । उनीहरु वैशाख २३ गते राति साढे ११ बजे लुकीचोरी सीमा पार गरी नेपाल प्रवेश गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री