नयाँ वर्ष २०७५ मा यामाहाको ‘आमन्त्रण’

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०७५ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ ।

‘आमन्त्रण’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनुहुनेछ जसमा उहाँले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनुहुनेछ ।

एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सहायक महाप्रबन्धक प्रदिप पोखरेलले भने, ‘यस पटक हामीले स्क्र्याच कार्ड होइन, स्क्र्याच बुक ल्याएका छौं जसलाई कोट्याएर ग्राहकले विभिन्न उपहार र पुरस्कार पाउन सक्नुहुनेछ ।’

स्क्र्याच बुकमा पाँच वटा पाना हुनेछन् जसमा ग्राहकले पाँच हजारदेखि ५० हजारसम्मको ‘स्योर सट डिस्काउन्ट’, बच्चा र आफूले माया गर्नेका लागि उपहार र सर्भिस डिपार्टमेन्टको तर्फबाट उपहार र सत प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनुहुनेछ । ग्राहकले माउन्टेन फ्लाइट, पफ्र्युम, टिसर्ट, बेबी हेल्मेट, वाटर बोटल, पि|m सर्भिसिङ र अन्य उपहार पाउनुहुनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस