कोरोना भाइरस अपडेट :मृत्यु हुनेको संख्या २ लाख १२ हजार २ सय ६५ पुग्यो

 

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या २ लाख १२  हजार २ सय ६५ जना पुगेको छ भने ३० लाख ८० हजार १ सय १ जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि, ९ लाख २९ हजार ७७  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , इटली, स्पेन र फ्रान्स छ ।

अमेरिकामा हालसम्म ५६ हजार ८  सय ३ जनाको, इटालीमा २६ हजार ९ सय ७७ जनाको, स्पेनमा २३ हजार ८  सय २२ जनाको र फ्रान्समा २३ हजार २ सय ९३ जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म २९ हजार ४ सय  ५१ जना कोरोना सङ्क्रमित छन् भने ९  सय ३९ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५४ पुगेको छ भने कोरोना संक्रमितमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ३८ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री