काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा १३ सय ९६ संक्रमित पुष्टि भएको छ ।
योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या २७ हजार ८९२ पुगेको छ । त्यस्तै २४ घण्टामा भारतमा ४८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ८७२ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म ६ हजार १८५ जना ठिक भएका छन् ।
त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या २९ लाख ९४ हजार ९५८ पुगेको छ भने मृतकको संख्या २ लाख ६ हजार ९९७ पुगेको छ । त्यस्तै विश्वभर ८ लाख ७८ हजार ९२३ कोरोना संक्रमित ठिक भएका छन् ।
तपाईंको प्रतिकृया



