काठमाडौं । काठमाडौंमा शनिबार असिनापानीसहित वर्षा भएको छ । दिउँसो करिब ३ बजेतिर हावाहुरीसँगै असिनापानी परेको हो ।
झण्डै १० मिनेटसम्म परेको असिनापानीले केही स्थानमा बालीमासमेत क्षति पुगेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले स्थानीय मौसम प्रणालीका कारण असिना पानी परेको जनाएको छ। यो प्रणालीले काठमाडौं आसपासका क्षेत्रमा मात्र हावाहुरीसँगै असिना पानी परेको हो ।
स्थानीय वायुको प्रभाव सँगसँगै पश्विमी वायुको समेत आंशिक प्रभाव परेकोले देशका विभिन्न स्थानमा असिना र हावाहुरीसहित वर्षा भइरहेको छ । हेर्नुहोस् भिडियो…
तपाईंको प्रतिकृया




