कांग्रेस नेता साउँद र थापाले गरे अलपत्रको उद्धार, दिए राहत

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य एनपि साउँद र काँग्रेस नेता बहादुर थापाको पहलमा काठमाडौंमा अलपत्र परेकाहरुलाई जिल्ला पठाइएको छ ।

राजधानीमा अलपत्र परेका करिब दुई सयजना श्रमिक तथा विद्यार्थीहरुलाई कञ्चनपुर जिल्ला पठाइएको नेता साउँदका सहयोगी दीपक जोशीले जानकारी दिएका छन् ।राजधानीमा अध्ययनरत बिधार्थी, निर्माण कार्यमा संगलग्न कामदार, उपचारका लागि आएका र लकडाउनुमा परेका आफ्ना जिल्लाका जनतालाई सहजताका लागि महाकाली बस ब्यबसायि समिति, माहाकाली यातायातसँगको समन्वय गरेर जिल्ला पठाईएको हो ।कोरोना संन्त्रासका कारण लगातार एकमहिना बढी समय देखि देशमा लकडाउन गरिएको छ । यस्तो अवस्थामा राजधानीमा अलपत्र परेका र खर्चको जोहो गर्न कठिन अवस्थामा पुगेकाहरुलाई जिल्ला पठाउन पहल गरिएको जोशीले बताएका छन् ।साथै नेता साउँदले काठमाडौंमा रहेका विधार्थीलाई राहत सामाग्री वितरण गरेका छन् । संकटबेला खाद्यन्न सकिएर समस्यामा परेका विद्यार्थीहरुलाई दाल, चामल, तेल लगायतको राहतको सामाग्री वितरण गरिएको शंकरदेव क्याम्पसका विधार्थी नेता सुशील धामीले बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री