अलपत्र यात्रु बोकेको बस दुर्घटना हुँदा सहचालकको मृत्यु

काठमाडौं । अलपत्र यात्रु बोकेर काठमाडौंबाट उदयपुर हिडेको बस बर्दिवासमा दुर्घटना भएको छ । काठमाडौंमा लकडाउनमा फसेका नागरिकहरुलाई उदयपुर लिएर हिडेको बा ३ ख ४०३६ नम्बरको बस बर्दिवास नगरपालिका वडा नम्बर ३ मा दुर्घटना भएको हो ।

दुर्घटनामा सहचालकको मृत्यु भएको छ भने अर्को एक जना गम्भीर घाइते भएको महोत्तरी जिल्ला प्रहरी कार्यालयले बताएको छ । उक्त बसमा ३५ जना सवार रहेका र अन्य यात्रुको उद्धार गरी उदयपुर पठाइसकेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री