काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या १ लाख ९१ हजार ७ सय ९१ जना पुगेको छ भने २७ लाख ४५ हजार ४ सय ६७ जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि, ७ लाख ५५ हजार ४ सय ६२ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , इटली, स्पेन र फ्रान्स छ ।
अमेरिकामा हालसम्म ५० हजार २ सय ४३ जनाको, इटालीमा २५ हजार ५ सय ४९ जनाको, स्पेनमा २२ हजार ५ सय २४ जनाको र फ्रान्समा २१ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म २३ हजार ५ सय २ जना कोरोना सङ्क्रमित छन् भने ७ सय २२ जनाको मृत्यु भएको छ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ भने कोरोना संक्रमितमध्ये १० जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ३८ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।




