काठमाडौं । काठमाडौंबाट दोलखा जाँदै गरेको बा २ ख ६८१८ नम्बरको मिनीबस आज बिहान ४ः०० बजे रामेछापको मन्थलीमा दुर्घटना भएको छ ।
बसमा सवार ३९ जना मध्ये १५ जना घाइते भएको र जस मध्ये ३ जनाको अवस्था गम्भिर रहेको जनाईएको छ ।
घाईतेहरुको काठमाडौंको ट्रमा सेन्टर र तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको र सामान्य घाईते उपचार पछि डिस्चार्ज समेत भइसकेका जानकारी प्राप्त भएको छ ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरी रहेको छ ।
तपाईंको प्रतिकृया




