काठमाडौंबाट दोलखा जाँदै गरेको मिनीबस दुर्घटना १५ जना घाइते

काठमाडौं ।  काठमाडौंबाट दोलखा जाँदै गरेको  बा २ ख ६८१८ नम्बरको  मिनीबस आज बिहान ४ः०० बजे रामेछापको मन्थलीमा दुर्घटना भएको छ  ।

बसमा सवार ३९ जना मध्ये  १५ जना घाइते भएको र जस मध्ये ३ जनाको अवस्था गम्भिर रहेको जनाईएको  छ ।

घाईतेहरुको काठमाडौंको ट्रमा सेन्टर र तामाकोसी सहकारी अस्पतालमा  उपचार भइरहेको र सामान्य घाईते उपचार पछि डिस्चार्ज समेत भइसकेका जानकारी प्राप्त भएको छ ।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरी रहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री