२० वर्ष पुराना गाडी आजबाट प्रतिवन्ध

काठमाडौं । सरकारले आज देखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गते पछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

हाल देशभर २० वर्ष पुराना सवारी साधन साढे पाँच हजार रहेको विभागको अनुमान छ । विभागले गत वर्ष फागुनदेखि नै काठमाडौं उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने प्रयास थालेको थियो ।

तर, पूर्णरुपमा कार्यान्वयनमा आएको थिएन । त्यसैले नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरिएको हो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री कन्सर्टमा पुग्दा बालेनको पक्षमा हुटिङ भएपछि…

काठमाडौं । संविधान दिवसको अवसरमा दरबारमार्गमा आयोजित कन्सर्टमा काठमाडौंका मेयर बालेन्द्र शाहका समर्थक र कन्सर्ट …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds