एनएमबी र एनसीसी बैंकले एफपीओ र हकप्रद सेयर निष्कासन गर्न बाँकी

काठमाडौं ।अब दुई वाणिज्य बैंकले मात्र चुक्तापुँजी बढाउन सेयर निष्कासन गर्न बाँकी छ । एनएमबी बैंक र नेपाल क्रेडिट एन्ड कमर्श  बैंकले मात्र धितोपत्र बोर्डबाट सेयर निष्कासनका लागि अनुमति पाउन बाँकी छ ।

 

चुक्तापुँजी बढाउन एनएमबीले १ करोड १४ लाख १५ हजार १६३ कित्ता थप निष्कासन (एफपीओ) र एनसीसीले २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् ।

एनएमबीको एफपीओ एनसीसीको हकप्रद निष्कासनका लागि अध्ययन भइरहेको बोर्डले जनाएको छ ।

एनएमबीको चुक्तापुँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ छ । यस्तै एनसीसीको ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ छ । एनएमबीले एफपीओ निष्कासनपछि मात्र चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ ।

त्यसैगरी, एनसीसीले हकप्रद र गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेपछि मात्र चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ ।

नेपाल राष्ट्र बैंकले गत असारमै चुक्तापूँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन बैंकलाई निर्देशन दिएको थियो । केही बैंकले पुँजी पुर्याउन समय लाग्ने भएपछि नेपाल राष्ट्र बैंकमा योजना पेश गरेका थिए । सोहीआधारमा केन्द्रीय बैंकले पुँजी बढाउन समयसीमा थप गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds