एनआइसी एशिया बैंकले अत्यावश्यक सामग्री विक्री गर्ने व्यवसायीलाई क्युआर कोड प्रदान गर्ने

काठमाडौं ।  एनआइसी एशिया बैंक लिमिटेडले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकको घरमै पुर्याएर विक्री गरिरहेका व्यवसायीहरूलाई क्युआर कोड प्रदान गर्ने भएको छ।

धेरै समयको लकडाउनको कारण एनआइसी एशिया बैंकका ग्राहकसँग नगद अभाव हुनसक्ने तथा एटिएमसम्म पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको हो।

ग्राहकले मोबाइल बैंकिङ्गको प्रयोग गरी क्युआर कोडबाट सामग्रीहरूको रकम भुक्तानी गरेपछि सिधै‌ सम्बन्धित व्यवसायीको बेैंक खातामा जम्मा हुन्छ।

लकडाउनको समयमा अति आवश्यक खाद्यान्न तथा सेवा प्रदान गर्ने व्यवसायीलाई बैंकमा उपस्थित नभई ईमेल मार्फत निम्न प्रकृया अपनाई सहज रुपमा क्युआर कोड प्रदान गर्ने बैंकले बताएको छ।

व्यवसायीहरूले बैंकको इमेल ठेगाना एनआइसीको वेवसाइटमा आफुले गर्ने व्यवसायको प्रकृति खुलाई क्युआर सेवा लिन इच्छुक रहेको व्यहोरा सहितको ईमेल गर्नुपर्नेछ।

उक्त ईमेलमा सम्बन्धित व्यवसायीको सो बैंकमा खोलिएको कम्पनीको खाताको नाम, खाता नम्बर, ईमेल ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख भएको हुनुपर्नेछ।

बैंकले उक्त इमेल पाइसकेपछि सम्पर्क नम्बरमा बैंकको सम्बन्धित विभागबाट व्यवसायीलाई सम्पर्क गर्नेछ। बैंकले व्यवसायीलाई सम्पर्क गरेपछि उक्त क्युआर प्रदान गर्न भर्नुपर्ने आवश्यक फारम व्यवसायीलाई इमेल मार्फत प्रदान गर्नेछ।

व्यवसायीले त्यसपछि बैंकबाट प्राप्त फारम भरि सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई कम्पनीको छाप समेत लगाएर बैंकलाई इमेलमार्फत जानकारी गर्नुपर्नेछ।

त्यसपछि बैैंकले आवश्यक प्रकृया पुरा गरी व्यवसायीलाई सुरक्षित उपाय अपनाई इमेल मार्फत क्युआर कोड प्रदान गर्नेछ। साथै सम्बन्धित व्यवसायीले बैंकबाट प्राप्त क्युआरकोड स्वयम् प्रिन्ट गरी ग्राहकसँग मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी लिन सक्नेछन्।

कोरोनाको महामारी समाप्त भई आवतजावत सामान्य भइसकेपछि बैंकले नियमित रुपमा प्रदान गर्ने क्युआर स्ट्यान्डि व्यवसायीलाई प्रदान गर्नेछ। जुन व्यवसायीले आफुले व्यवसाय गर्ने स्थानमा राख्न सक्नेछन्।

व्यवसायीहरूको आवश्यकता अनुसार बैंकले एक भन्दा बढी पनि क्युआर स्ट्यान्डि प्रदान गर्ने बैंकको भनाइ छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस