” लिखु ओखलढुंगा सम्पर्क समितिद्वारा राहत बितरण “

ओखलढुंगाको नेपाली काङ्ग्रेस लिखु काठमाडौ सम्पर्क समितिले राहत बितरण गरेको छ । ओखलढुंगा जिल्लाबाट काठमाडौ आएर बसोबास गरिरहेका न्यून आय हुने ब्यक्तिहरुको खोजी गरि उनिहरुलाइ राहत बितरण गरेको हो । कोरोना भाइरस प्रकोपका कारण विश्व सङ्गै नेपाल पनि आक्रान्त बनेको छ । कोरोना भाइरसका बिरामीको उपचार असम्भव भएकै कारण नेपाल सरकारले बन्दाबन्दी ( लक डाउन) अभियान मार्फत जनमानसलाई घर भित्रै बस्न आव्हान गरिरहेको छ ।

झण्डै एक महिना देखिको यो बन्दाबन्दी अभियानले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र न्यून आय भएका ब्यक्तिलाइ बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । यो समयमा उनिहरु बन्दाबन्दिको कारण चाहेर पनि घर फर्किन नसकेको र आम्दानीको श्रोत पनि नभएका कारण बिहान साँझ खाना खान समस्या हुँदै गइ रहेको छ । ओखलढुंगा जिल्लाबाट काठमाडौ आइ बसोबास गरिरहेका र न्युन आय हुने ब्यक्तिको खोजी गरि सम्पर्क समितिले राहत बितरण गरेको हो ।

लिखु काङ्ग्रेसका अगुवा कार्यकर्ता र लिखु सम्पर्क समितिका पदाधिकारीहरुले काठमाडौ, भक्तपुर र ललितपुरमा बसोबास गर्ने ६० घरपरिवारका मजदुरहरुलाइ उनिहरुकै टोलमा गइ चामल,तेल,दाल,चिनी र मसला प्रदान गरेको थियो । राहत बितरणको क्रममा भेटिएका अपाङ्ग, एकल महिला र नाजुक अवस्था भएका ओखलढुंगा जिल्ला बाहिरका पाँच ब्यक्तिलाई पनि सम्पर्क समितिले उक्त राहत बितरण गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री